काठमाडौँ– अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्रको छानविन नै नगरी सुनसरी क्षेत्र नं ३ को मतगणना सुरु गरिएको छ ।


ADVERTISEMENT


वाम गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार भगवती चौधरीको विरोध हुँदाहुँदै पनि जबरजस्त मतगणना सुरु गरिएको छ । अबिलम्ब मतगणना सुरु गर्न आयोगले निर्देशन दिएको भन्दै निर्वाचन अधिकृतले मतगणना सुरु गरेका हुन् । तर यसलाई एमालेका प्रतिनिधिले बहिष्कार गरेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले छानविन नै नगरी मतगणना सुरु गर्नु सत्ताको आडमा भगवतीलाई जबरजस्त हराउन लागेको भन्दै मतगणना स्थलमा नबसेर बाहिर आएका छन् । भित्र एकलौटी रुपमा मतगणना भइरहेको छ ।

छानविन हुनुपर्ने आफ्नो मागलाई वेवास्ता गरेको र आफ्ना प्रतिनिधि नै उपस्थित नभइ मतगणना गरेको भन्दै उम्मेदवार चौधरीले विरोध जनाएकी छन् । उनले आफ्नो भोट घटाउँदै लगेको र धाँधली गरेर चुनाव जित्न लागेको आरोप लगाएकी छन् । मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुनसरी क्षेत्रनम्बर ३ मा उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी उम्मेदवार छन् । उनीहरुबीच कडा टक्कर छ । गच्छदार १५५ मतअन्तरले पछि परेको बेला विवाद सुरु भएपछि गणना रोकिएको थियो ।

२० हजार मत गन्न बाँकी हुँदा भगवती चौधरीको जित निश्चित हुने देखेपछि धाँधली गरिएको अन्य कार्यकर्ताले बताएका छन् । अहिले चौधरीको २९, ३२६ र गच्छदारको २९,१७१ मत रहेको छ ।

गच्छदार र चौधरीबीच यो तेस्रो पटकको चुनावी प्रतिस्पर्धा हो । यसअघिका निर्वाचनमा पनि गच्छदारले धाँधली गरेर निर्वाचन जित्दै आएको उम्मेदवार चौधरीको आरोप छ ।