काठमाडौं – नेपालमा भेश्पा एप्रीलिया स्कुटरको आधिकारी विक्रेता प्रतिष्ठित औधोगिक तथा व्यापारीक घराना, एम भी दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्श एण्ड सन्स्प्रालिले एप्रीलिया रिफ्रेसमेन्ट राइड ‘Aprilia Refreshment Ride’ र्याली सम्पन्न गरेको छ ।


ADVERTISEMENT


शनिबार एप्रीलिया रिफ्रेसमेन्ट राइड र्याली कार्यक्रमको बाल्कुमारी स्थित भेश्पा÷एप्रीलियाको शोरुमबाट सुरु गरी डाइमन्ड हिल रिशोर्ट, पनौतीमा सम्पन्न गरेको हो ।


ADVERTISEMENT

# # #


दुगड ब्रदर्श एण्ड सन्स्प्रालि का उपाध्यक्ष विजय महतोले एप्रीलिया स्कुटरको ग्राहकहरूलाई एउटै परिवारमा समेटेर राइडकोआयोजना गराएको जानकारी दिएका छन् । राइडमा सहभागी ग्राहकहरूलाई मनोरञ्जन, अन्तरक्रिया र टु–विह्लर जीवनशैलीसँग जोडनु राइडको मुल उद्देश्य रहेको थियो ।

यस राइडमा ३४ वटा एप्रीलिया स्कुटरमा ४१ जना राइडरले सहभागिता जनाएको थियो । प्रिमियम प्रडक्ट एप्रीलियाको नेपाली ग्राहकमा आकर्षण बढिरहेको पाइएको छ । प्रिमियम प्रडक्ट मन पराउने ग्राहकहरूको पहिलो रोजाईमा एप्रीलिया स्कुटर नै आउँछ ।

दुगड ब्रदर्श एण्ड सन्स्प्रालिले यस अगाडि पनि समय समयमा राइडहरु आयोजना गरेको थियो र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने उपाध्यक्ष महतोले बताए ।