भरतपुर – प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७७ औं समूहको सेवाको प्रथम वर्ष पूरा गरी द्वितीय वर्षमा प्रवेश गरेको छ । सेवाको प्रथम वर्ष पूरा गरेकोमा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना  दिइएको छ ।


ADVERTISEMENT


२०७८ भाद्र महिनामा   प्रहरी सहायक निरीक्षक दर्जामा खुल्ला प्रतिस्पर्धाबाट नयाँ नियुक्ति भई   प्रहरी शिक्षालय भरतपुरमा प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा प्रशिक्षणरत प्रहरीहरुलाई २०७९।०५।२७ गते शिक्षालयका महानिरीक्षक भण्डारीले बधाई तथा शुभकामना  दिएका हुन् ।


ADVERTISEMENT

# # #


 निर्देशक भण्डारीले सेवा अवधिको दोस्रो वर्षमा प्रवेश गरेकोमा बधाई दिँदै सदैव  प्रहरी सहायक निरीक्षक २-१७७ औं समूह आपसी भाइचारा र भ्रातृत्वभावका साथ एक ढिक्का भएर देश र जनताको सेवामा समर्पित भई कर्म गर्न निर्देशन दिएका थिए ।

उक्त कार्यक्रममा शिक्षालयमा प्रशिक्षणरत प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३१ औं समूह, प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८औं समूह र भिनि तालिम १६ र १७ औं समूहले प्रस्तुति दिएका थिए ।