काठमाडौं –  विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमोन्ड Raymond ले नेपालमा आफ्नो सातौं शोरुम गोल्फुटार ६, बुढानिलकण्ठ काठमाडौंमा सोमबार भब्य कार्यक्रमबीच पुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काद्वारा समुद्घाटन समारोह सम्पन्न भएको छ । नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरु उपलब्ध छन् ।

यस ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका साथै चर्को घामको किरणले (पराबैजनी किरणले) समेत कुनै असर नपार्ने अत्याधुनिक बिशेषता युक्त गुणस्तरिय कपडाहरु रहेको सोरुमले जनाएको छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरि, महेर, आन्गोरा जस्ता उच्च कोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका रेमोन्ड Raymond का उत्पादनहरु अन्य ब्राण्डको उत्पादन भन्दा स्तरीय, उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेमण्डले जनाएको छ ।

सटिङ्ग सुटिङ्गका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री अष्टे«लियाबाट ल्याइन्छ साथै उल मार्क गुणस्तर चिन्ह प्राप्त छ । रेमण्डका अध्यक्ष  संजय अधिकारी आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताउँछन् । त्यसैले उपभोक्ताहरुलाई उनी यस ब्राण्डको प्रयोगबाट ठगिने आशंकाबाट ढुक्क भइ रेमण्ड ब्राण्ड खरिद गर्नसक्ने बताउँछन् ।

नेपालको पुतली सडकमा Raymond ब्राण्डको आधिकारिक शोरुम पहिलो पटक सन १९९९ मा संचालनमा आएको हो । गोल्फुटारमा नयाँ खोलिएकोे आउटलेट सहित Raymondका ब्राण्डहरु देशका विभिन्न ६ स्थान दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा रहेका छन् ।

साथै यसले देशका विभिन्न शहरहरु बुटवल, पोखरा, विराटनगर आदि मा च्बथmयलम ब्राण्ड का शाखाहरु विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।