काठमाडौँ – नेपालमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ९ सय ५५ पीसीआर परीक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टीजेन परीक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३० संक्रमित कोरोनामुक्त भएका छन् ।


ADVERTISEMENT

# # #


हाल नेपालमा २ हजार १ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।