काठमाडौँ – बेलायती महारारनी एलिजाबेथ द्वित्तीयको अन्त्येष्टीमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायन जाने भएका छन् ।


ADVERTISEMENT


मन्त्री खड्का असोज ३ गते बेलायतको लण्डनमा हुने महारनी एलिजावेथको अन्त्येष्टीमा सहभागी हुन जाने भएका हुन् । महारानीको स्कटल्याण्डस्थित आफ्नै निवास बालमोरलमा यही भदौ २३ मा ९६ वर्षको उमेरमा निधन भएको थियो ।


ADVERTISEMENT

# # #


महारानीको अन्त्येष्टीमा सहभागी हुन बलायतको राजपरिवारलाई राष्ट्र प्रमुखका रुपमा मान्दै आएका स्वतन्त्र राष्ट्रहरु क्यानडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत, पूर्वउपनिवेश राष्ट्र (कमनवेल्थ) भारत, पाकिस्तान, दक्षिण अफ्रिका लगायतका देशबाट पनि सरकारका प्रतिनिधि र राष्ट्रप्रमुख जाँदैछन् ।

नेपाल र बेलायतबीच दुई शताब्दी लामो कुटनतिक सम्बन्ध रहेको छ । बेलायतमा सबैभन्दा लामो समय (७० वर्ष बढी) सिंहासनमा राज गरेकी महारानी एलिजाबेथले आफ्नो शासनकालभर सन् १९६१ र १९८६ मा गरी दुई पटक नेपालको भ्रमण गरेकी थिइन् ।