काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनका लागि टिकट व्यवस्थापनमा कठिनाई भएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रमका बोल्दै नेपालले निर्वाचन नजिकिदै गर्दा टिकट माग्न आउनेको संख्या बढ्दै गएको र टिकट व्यवस्थापनमा कठिनाई भएको बताएका हुन् । उनले कतिपय अपेक्षा नगरेका व्यक्तिहरुले समेत टिकट माग गरेको जिकिर गरे । वृद्धावस्थामा पुगेका नेताहरुले पनि टिकट माग गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष नेपालले टिकट वितरणका लागि को काबिल छ वा छैन भन्ने छुट्टाउन पनि समस्या भइरहेको जिकिर गरे । त्यस्तै उनले सांसद पदबाट हटेपछि कुनै न कुनै व्यवसायमा जोडिन पनि नेताहरुलाई सुझाव दिए ।

अध्यक्ष नेपालले अहिले सहकारी क्षेत्रमा देखिएका समस्यालाई पनि समाधान गर्ने गरी मुलुकको हितमा काम गर्न समाजवादी सहकारी संगठनलाई सुझाव दिए ।