काठमाडौँ – नेपाली काँग्रेसका युवा नेता सिजन गुरूङ आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश सभाको उम्मेदवारमा सिफारिस भएका छन् । जिल्ला जिल्ला कार्यसमितिमा पहिलो नम्बरमा सिफारिस भएका गुरुङलाई प्रदेश कार्यसमितिले समेत सुनसरी-२ (क)बाट एक नम्बरमा सिफारिस गरेको हो ।


ADVERTISEMENT


गुरुङ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि र प्रदेश सदस्य हुन् । उनले यसअघि काँग्रेसको भातृ संगठन नेपाल तरुण दलमा रहेर प्रभावकारी काम समेत गरिसकेका छन् । पछिल्लो समय सुनसरीमा समाजसेवीको छवी बनाउँदै आएका गुरुङ जिल्लामा काँग्रेसको बलियो पकड भएका नेता मानिन्छन् ।


ADVERTISEMENT

# # #


गुरुङसँगै थप ४ जना पनि सुनसरी-२ (क)बाट सिफारिसमा परेका छन् । सिफरिसमा पर्नेमा प्रदेश सभा सदस्य नवोदिता चौधरी, काँग्रेस महाधिवेशन प्रतिनिधिहरु विकास केसी, भीम पौडेल र बद्रीनारायण चौधरी रहेका छन् ।