काठमाडौं – नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन् ।


ADVERTISEMENT


चार दिने औपचारिक भ्रमण सकेर उनी बिहान ८ : ५० मा स्वदेश फर्किएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका अध्यक्ष चान्शुलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका थिए ।


ADVERTISEMENT

# # #


चान्शु भदौ २७ गते नेपाल भ्रमणमा आएका थिए ।