काठमाडौँ – नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ६ सय ७४ पीसीआर परीक्षणका क्रममा ७५ जना र २ हजार १ सय १६ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १ सय ३७ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार १ सय २९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।