काठमाडौँ – काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ ।


ADVERTISEMENT


विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थित जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर बिभिन्न स्थानमा खनेको थियो । जय नेपाल हलको कम्पाउन्डमा करिब १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको थियो ।