काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै जनताका मुद्धा स्थापित गर्न र मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउन संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका हुन् । २०७४ सालको निर्वाचनपनि जस्तो सोचिएको थियो, त्यस्तो संसदको पाँच बर्षे कार्यकाल हुन नसकेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले केपी ओलीको व्यक्तिबादी चरित्र र अहंकारका कारण मुलुक अन्यौलको बाटोमा गएको आरोप लगाए । संसद भंगको विरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उनको भनाई छ । उनले मुलुकको बिकास र सुशासनका हिसावले पनि बिगतको पाँच बर्ष खराव भएको जिकिर गरे ।