काठमाडौँ – काठमाडौँमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भारतविरुद्ध नेपालले अग्रता कायम गरेको छ ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित दशभर रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिँदा नेपालले भारतविरुद्ध १–० को अग्रता कायम सफल रहेको हो । नेपालका लागि ४५औँ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी हुन् ।


ADVERTISEMENT

# # #


यसअघि आजै भएको अर्को सेमिफाइनलमा बंगलादेश भुटानलाई ८–०ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । नेपाल र भाबीचको विजेताले बंगलादेशसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।