काठमाडौं-भारतको तमिलनाडुमा एक दलित युवकको हत्यामा संलग्न रहेको भन्दै ६ जनालाई मृत्यु दण्डको फैसला सुनाइएको छ ।


ADVERTISEMENT


गत वर्ष भिडभाड युक्त क्षेत्रमा ती युवकको हत्या गरी फरार रहेका अभियुक्तलाई अदालतले मृत्यु दण्डको फैसला सुनाएको हो । माथिल्लो जातकी युवती सँग विवाह गर्ने तयारीमा रहेका ती दलित समुदायका युवकलाई प्रतिष्ठाका नाममा अनर किलिंग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


विवाह गर्ने भनिएकी युवतीका पिता समेतलाई मृत्युदण्डको सजाय सुनाईएको छ । ६ जनालाई मृत्युदण्ड, एक जनालाई आजीवन कारावास र युवतीकी आमा सहित तीन जनालाई घटनामा संलग्न नरहेको भन्दै रिहा गरिएको छ ।

तमिलनाडुमा अनर किलिंगको घटनामा पहिलो पटक मृत्युदण्डको फैसला सुनाइएको हो ।