काठमाडौं-गाई कोटेको अभियोगमा जिल्लामा मंगलबार सातजना पक्राउ परेका छन् ।


ADVERTISEMENT


राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारामा तीनवटा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिएकी छिन् । स्थानीय ३९ वर्षीय वीरसिंह थापासहित तीन महिला र चार पुरुष पक्राउ गरेको उनले बताइन् ।


ADVERTISEMENT

# # #


एकजनाको मात्रै नाम खुलाइएको र अन्यबारे अनुसन्धान भइरहेकाले नाम सार्वजनिक नगरिएको सिंहले बताइन् । घटनास्थलबाट एकथना भरुवा बन्दुकसमेत बरामद भएको एसपी सिंहले जानकारी दिएकी छिन् ।

गाई काटेर सुकुटी बनाउने र जरायोको सुकुटी भनेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताइन् । अस्थायी प्रहरी पोस्ट डगमाराबाट असई गोविन्दबहादुर थापाको नेतृत्वमा गएको गस्ती टोलीले गाई काटिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो ।