काठमाडौं – राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का ६ जना एसपी एसएसपीमा बढुवा भएका छन् । बढुवा हुनेमा  भूमि पाठक, उर्मिला पोखरेल, विकास पाण्डे, विष्णुमणि आचार्य, रमेश यादब र अर्जुन भण्डारी रहेका छन्।


ADVERTISEMENT


अवकाश हुने दिन विभागका प्रमुख यदुलाल खरेलले उनीहरुको बढुवा गरेका हुन् । बुधबारदेखि विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएका छन् । विभागमा एसपीको १४ पद रिक्त भएका छन् । जसमा दोब्बर डिएसपीहरू प्रतिस्पर्धामा छन् ।


ADVERTISEMENT

# # #