काठमाडौं – एक जना यात्रु कुनै गन्तव्यमा जाँदै थिए । पैदल हिँडेर जानु असम्भव नै लागेछ अरू व्यक्तिहरू सवारी साधन चढी हिँडिरहेको देखेपछि आफू पनि सवारी साधनको प्रयोग गरी गन्तव्यसम्म पुग्ने निधो गरेछन् ।


ADVERTISEMENT


नजिकै सवारी लाग्ने ठाउँ सम्म पैदल गएछन् र गाडी चढ्न खोजेछन् । त्यहाँ पुग्दा गाडिको ताँती नै रहेछ । पुग्ने बित्तिकै त्यहाँ यात्रुको पर्खाइमा बसेका चालक सहचालकको लर्को नै लागेर उनी समक्ष आइपुगेछन् । कोहीले झोला, कोहीले एउटा हात ,कोहीले अर्को हात तानेर आफ्नो गाडीमा जान अनुनय विनय गरिहेका थिए।


ADVERTISEMENT

# # #


उनलाई एक पटक त रिस पनि उठ्यो तर सबैको अनुहार हेर्दा दया लागेछ र सबैको मन राखिदिनको लागि पालैपालो गाडि चढेर गन्तव्य जाने निधो गरेछन् । त्यस मध्ये पहिला हिँड्ने गाडिमा केहि पर सम्मको टिकट लिएछन् ।अनि फेरि केहि पर पुगेपछि त्यसबाट ओर्लिएर अर्को गाडीमा केहि पर सम्म गएछन् ।एवम् रितले जाँदै गर्दा सुरूमा अनुरोध गरेका सबै गाडीवालाहरूको गाडीमा चढ्दै जादा १ दिनमा पुग्ने गन्तव्यमा २ दिन पछि मात्र पुगेछन् । अनि गाडि भाडाको हिसाब गर्दा त एउटै गाडीमा जाँदा लाग्ने भन्दा बढी भाडा पनि लागेछ ।

त्यसपछि उनलाई साह्रै रिस उठेछ आफू ठगिएको भान भएछ र सवारी चलाउन स्वीकृति दिने निकाय,आफूलाई अनेक कुरा भनी गाडिमा चढ्न बाध्य पार्ने गाडी धनी बिरूद्ध सम्बन्धित निकायसँग सवारी साधन सेवा खारेजी, बढी भाडा लागेको रकम फिर्ता हुनु पर्ने र लाग्ने समय भन्दा बढी समय लागेको क्षतिपूर्ति माग राखी विभिन्न किसिमका आन्दोलन गरिरहेका रहेछन्।
मेरो जिज्ञासा  यसमा कस्को गल्ती होला ?
✍🏼 धेरै सवारी साधन चलाउन स्वीकृति दिने निकाय ?
✍🏼 यात्रु आउँदा मेरो गाडीमा जाउँ भन्ने सवारी चालक,सहचालक ?
✍🏼 कि सबैको मन राखी दिने यी यात्रु ?

सामाजिक सञ्जालबाट  साभार