काठमाडौं – नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ५ सय ७४ पिसिआर परिक्षणका क्रममा ३५ जना र २ हजार १ सय ६६ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय ३१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।