काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएको दिनलाई जनताको दिवसका रुपमा मनाउन आग्रह गर्दै शनिबार एमाले कार्यकर्तालाई पदयात्राका लागि आह्वान गरे ।


ADVERTISEMENT


उनले संविधान जारी भएका बेलाजस्तै राष्ट्रिय एकताको सन्देश दिन पनि सबैलाई अपिल गरे । उनले  राजधानीमा आयोजना गरेको पदयात्रा (वाकाथन) मा संविधानको रक्षा गर्नु नै एमालेको मूल मुद्दा रहेको उद्घोष गरे ।


ADVERTISEMENT

# # #


संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो । सोही आधारमा असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ। एमालेले संविधान दिवसका अवसरमा पदयात्रा गरी चार सन्देश दिन खोजेको छ ।

पदयात्रामार्फत एमालेले संविधान दिवस जनताको हुनुपर्ने, राष्ट्रियताका पक्षमा एकताबद्ध भएर उभिनुपर्ने, संविधानको रक्षा तथा कार्यान्वयन र फेरि एमाले नेतृत्वको सरकार गरी चार सन्देश दिएको छ ।