काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।


ADVERTISEMENT


शनिबार प्रतिनिधिसभाको पहिलो कार्यकालको अन्तिम बैठकमा सभामुख सापकोटाले संसदलाई आम नागरिकको विश्वासको धरोहरका रुपमा सधैँ गतिशील बनाउन झक्झक्याइ रहने सबैप्रति पनि धन्यवाद दिए ।


ADVERTISEMENT

# # #


विभिन्न आरोह अवरोह पार गर्दै, कयौं विषयलाई निष्कर्षमा पुर्याएर र केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद, प्रतिनिधि सभाको पहिलो कार्यकाल सम्पन्न भएको उनले बताए ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने सन्दर्भमा प्रतिनिधि सभामा दलहरुबीच देखिएको अभूतपूर्व एकताको प्रदर्शन सदा स्मरणीय रहने धारणा पनि राखे ।

सभामुख सापकोटाले आगामी मंसिर ४ गतेका लागि तय भएको अर्को प्रतिनिधिसभाको निर्वाचन निश्पक्ष ढंगले सफल बनाउन सबैको योगदान रहने विश्वास व्यक्त गरे ।