काठमाडौं – मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्त र भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष श्रीमती रेखा शर्माबीच भर्चुअल माध्यम बाट दुवै देशको महिलाको अधिकारको संरक्षण, सम्बर्धन तथा सशाक्तीकरण बारे छलफल सम्पन्न भएको छ ।

सो छलफलमा नेपालमा विभिन्न कारणले बसोबास गर्ने भारतीय मूलकी महिलाहरु तथा भारतमा बसोबास गर्ने नेपाली मूलकी महिलाहरुको हकहितको संरक्षण तथा सम्बर्धन गर्न दुई देशका संवैधानिक आयोगहरु एक-आपसमा सहकार्य गर्नुपर्ने आवश्यक रहेको मधेशी आयोगका अध्यक्ष डा दत्तले बताएका छन् ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



महिला आयोगकी अध्यक्ष शर्माले नेपाल भारत सिमामा नेपाल तर्फ सुरक्षाकर्मीहरु बाट भारतीय महिलाहरु संग हुने दुर्व्यवहार लाई न्यूनीकरण गर्न आवश्यक कदम चाल्नुहुन अध्यक्ष डा दत्तलाई आग्रह गरेकी छन् ।  सो आग्रहप्रति अध्यक्ष डा दत्तले आफु सकारात्मक रहेको र छिटै सुरक्षानिकायका पदाधिकारीहरुसंग छलफल गरेर त्यस विषयको समाधान निकाल्ने बताएका छन् ।

अध्यक्ष डा दत्तले  भारतीय सुरक्षाकर्मीहरुलाई नेपाली महिलाहरुसंग नम्र व्यवहार गर्न महिला आयोगले समन्वय गर्न अनुरोध गरेका छन् । सो छलफलमा दुई अध्यक्षबीच खुल्ला सिमाना, चेलीबेटी बेचबिखन लगायतका समसामयिक विषयमा छलफल भएको छ ।

महिला आयोगकी अध्यक्षले मधेशी आयोगका अध्यक्षलाई औपचारिक रुपमा भारत भ्रमणको निमन्त्रणा समेत दिएको अध्यक्ष डा दत्तको सचिवालयले जानकारी दिएको छ ।