काठमाडौं – आज दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  सुदूरपश्चिम र लुम्बिनीमा प्रदेशका केहि स्थानमा भने बिहानैदेखि वर्षा भइरहेको छ ।


ADVERTISEMENT


प्रदेश १ र बागमतीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।


ADVERTISEMENT

# # #


सोमबार लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा र पूर्वी भूभागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।