काठमाडौँ – छैटौं संस्करणको महिला साफको फाइनलमा पुगेका नेपाल र बंगलादेशका प्रशिक्षण र कप्तानले मेहनत गरेर खेल्ने र ट्रफी उचाल्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


आइतबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा आइतबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले साफको लागि भावनात्मक र शारीरिक रुपमा धेरै मेहेनत गरेको र साफको स्टार जर्सी लगाउने सपना पुरा गर्ने बताए । साफको फाइनलमा हुन पाउनु सम्मान भएको भन्दै उनले यो मौका गुमाउने पक्षमा नरहेको उनको भनाई छ ।

त्यस्तै नेपाली टोलीका कप्तान एन्जिला सुब्बा तुम्बापोले आफुहरु उपाधिका लागि शारीरिक र मानसिक रुपमा बलियो रहेको बताइन् ।

प्रि–म्याच कन्फरेन्समा बंगलादेशका मुख्य प्रशिक्षक गोलोम रिब्बानीले नेपाल बलियो भएपनि फाइनलका लागि आफुहरु तयार भएको र त्यसै अनुसारको तयारी गरेको बताए । उनले फाइनल निकै प्रतिस्पर्धात्मक हुने धारणा राखे । त्यस्तै बंगलादेशकी कप्ताल कप्तान सबिना खातुनले फाइनलका लागि पूर्ण रुपमा तयार भएको र जीतका साथ ट्रफी उचाल्ने दाबी गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार हुने फाइनलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच पहिलो पटक फाइनलमा खेल्न लागेको हो । यस्तै महिला साफको १२ वर्षे इतिहासमा पहिलो पटक नयाँ च्याम्पियन राष्ट्र थपिने छ ।