काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदको कार्यकाल सकिएलगतै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार भक्तपुरको बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले अध्यक्ष ओलीले संसद्को कार्यकाल समाप्त भएको र त्यसअघि महाभियोग पारित नभएकाले जबराले सफाइ पाइसकेको दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘हिजो संसदको अधिवेशन सकियो । अधिवेशन मात्रै सकिएन, यो संसदको कार्यकाल नै सकियो । तर, महाभियोग प्रस्ताव पारित हुन सकेन । दर्ता भएर पारित भएन भने कुरा सकियो । यस अर्थमा सत्ता पक्षले उहाँ (चोलेन्द्र)लाई सफाइ दियो, बिलम्ब गरेर ।’ उनले भने, ‘प्रक्रिया अगाडि नबढाएर सफाइ दियो । आफैले खनेको खाल्डोमा आफै परेर सफाइ दियो अथवा आफैले थापेको पासोमा आफै परेर सफाइ दियो ।’

सत्ता पक्षले आफैले महाभियोगमा ढिलाई गरेर र समयमा प्रक्रिया अघि नबढाएर सफाइ दिएको उनको भनाई छ । उनले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेरमाथि लागेको महाअभियोगको प्रस्ताव प्रतिनिधिसभाले दुई तिहाईले पारित गर्नुपर्थ्यो । होइन भने त्यो असफल हुन्थ्यो । तर, गत वर्षको फागनु १ दर्ता भएको प्रस्ताव सभामुखले भदौ १ गतेसम्म सत्तापक्षको स्वार्थका लागि राख्नुभो ।’

ओलीले जबराको निवास घेराउ गरेर तमासा देखाएको टिप्पणी गरे । उनले संविधान–कानून नमान्ने र जंगली राज चलाउने परिपाटीले प्रजातन्त्र नै नरहने जिकिर गरे ।

ओलीले महाभियोग प्रस्तावमा सत्तापक्ष आफ्नो षड्यन्त्रको खाल्टोमा परेको तर्क गरे ।