अछाम – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेर फर्केका छन् । आइतबार काठमाडौंबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहत वितरण गरेर फर्केका हुन् ।


ADVERTISEMENT


शुक्रबार राती अविरल वर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर मन्त्री कुँवरले राहत दिएका हुन् । उनले सरकारबाट दिइएको जनही १ लाख र आफ्नो व्यक्तिगत तर्फबाट जनही १० हजारका दरले पीडित परिवारलाई नगद राहत वितरण गरेको उनको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले दिएको जानकारी अनुसार बाढी र पहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट तत्काल किरिया खर्चवावत जनही १ लाख रकम वितरण गरिएको हो ।

साथै मन्त्री कुँवरले पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर त्रिपाल, बल्याङ्केट, खाद्यान्न लगायतका राहत सामाग्री पनि वितरण गरेको प्रेस सल्लाहकार रमा खड्काले जानकारी दिइन् । मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाहरुको सम्पुर्ण उपचार सरकारले व्यहोर्ने समेत बताएका छन् ।

पीडितलाई आगामी दिनमा पनि थप सहयोग हुने मन्त्री कुँवरले आश्वासन दिएका छन् ।