काठमाडौँ – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली पारित गरेको छ ।


ADVERTISEMENT


आइतबार केपी ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले ५७ जना महिला समेटेर ११० जनाको समानुपातीक सूची तयार गरेको हो । त्यस्तै प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सोमबार निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने उनले बताए ।


ADVERTISEMENT

# # #


उनले सूची तयार गर्दा यसअघि समानुपातिबाट सांसद बनेका, प्रत्यक्षमा उम्मृेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकालाई अवसर नदिएको बताए ।