काठमाडौँ – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि आज घरेलू टोली नेपाल र बंगलादेश भिड्दैछन् ।


ADVERTISEMENT


खेल सोमबार त्रिपुरेश्वरस्थितत दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । फाइनलमा पुगेका नेपाल र बंगलादेशका प्रशिक्षक र कप्तानले मेहनत गरेर खेल्ने र ट्रफी उचाल्ने दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


आइतबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताए । त्यस्तै नेपाली टोलीका कप्तान एन्जिला सुब्बा तुम्बापोले आफुहरु उपाधिका लागि शारीरिक र मानसिक रुपमा बलियो रहेको बताइन् । नेपाल यसअघिका ५ मध्ये ४ संस्करणमा फाइनल पुगेको थियो । तर, चारैपटक भारतसँग हारेको थियो । यसपटक नेपाललाई नयाँ इतिहास बनाउने अवसर रहेको छ ।

यस्तै प्रि-म्याच कन्फरेन्समा बंगलादेशका मुख्य प्रशिक्षक गोलोम रिब्बानीले नेपाल बलियो भएपनि फाइनलका लागि आफुहरु तयार भएको र त्यसै अनुसारको तयारी गरेको बताए । उनले फाइनल निकै प्रतिस्पर्धात्मक हुने धारणा राखे । त्यस्तै बंगलादेशकी कप्ताल कप्तान सबिना खातुनले फाइनलका लागि पूर्ण रुपमा तयार भएको र जितका साथ ट्रफी उचाल्ने दाबी गरे ।

लगातार पाँच पटक उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरएसँगै १२ वर्षे इतिहासमा महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ विजेता पाउनेछ । सेमिफाइनलमा शुक्रबार नेपालले साबिक विजेता भारतलाई १-० गोलले हराउँदै पाँचौँ पटक फाइनलको यात्रा तय गरेको थियो भने बंगलादेशले भुटानलाई ८-०ले हराउँदै दोस्रो पटक साफको फाइनल पुगेको थियो ।