काठमाडौँ – नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएका छन् । सोमबार भएको छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएपछि मुख्य प्रशिक्षक थापाले पदबाट राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


खेल सम्पन्न भएपछि रंगशालामा पत्रकारहरुसँग बोल्दै उनले आजैका दिनदेखि लागू हुनेगरी आफूले राजीनामा दिएको घोषणा गरे । अरुलाई मौका दिनका लागि नेपाली टोली छाडेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले भने, ‘अरुलाई पनि मौका दिनुपर्छ, टिममा बसिरहनु राम्रो होइन, म बस्दा पनि बस्दिन । अफिसियल घोषणा पनि गर्ने छु, यसैलाई अफिसियल घोषणा माने पनि हुन्छ ।’

१५ वर्षे साफ महिला च्याम्पियनसिप इतिहासमा ६ मध्ये पाँचौँ पटक फाइनल पुगेको नेपाल सोमबार बंगलादेशसँग ३–१ गोल अन्तरले हारेको थियो ।