काठमाडौं-सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका विजय कुमार गच्छदार विजयी भएका छन् ।


ADVERTISEMENT


बामगठबन्धनकी भगवती चौधरीलाई ३२१ मतले पराजित गर्दै छैटौं पटक गच्छदार सिंहदबारको यात्रा तय गर्न सफल भएका हुन् । गच्‍छदारले ३८९७२ मत पाएका छन् भने भगवतीले ३८६५१ मत पाइन् ।


ADVERTISEMENT

# # #


भगवती चौधरीको यो दोस्रो दुर्भाग्य हो । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरी गच्छदारसँगै डेढ सय मतान्तरमा पराजित भएकी थिइन् ।

यसपटक मतगणनामा आफूले अग्रता लिइरहँदा गच्छदारले प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतसँग सेटिङ मिलाएर मुचुल्का बिनाका मतपत्र निकालेको आरोप लगाएकी थिइन् । उनले त्यसपछि मतगणनानै बहिस्कार गरिन् ।

बिजय गच्छदारको राजनीतिक जीवनमा यो छैटौं अपराजित यात्रा हो । २०४८ देखि उनले कुनै पनि चुनाव हारेका छैनन् । योसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।