मोरङ – मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो ।


ADVERTISEMENT


प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन् । प्रतियोगिताका विजेतालाई  चार लाख ६० हजार राशि पुरस्कारस्वरुप प्रदान गरिने छ । प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले उद्घाटन गरे । उनले प्रतियोगिातको माध्यमबाट यस क्षेत्रको विकास र पर्यटन प्रवर्धनमा टेवा पुग्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा प्रथम हुने खेलाडीलाई  एक लाख नगदसहित ट्रफी प्रदान गरिने छ । यस्तै दोस्रो हुनेले रु ७० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजारसहित ट्रफी प्राप्त गर्ने छन् ।


ADVERTISEMENT

#
#


खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिता आगामी असोज ८ गतेसम्म सञ्चालन हुने छ । रासस

प्रतिकृया

प्रतिकृया