काठमाडौं – इभरग्रीन वर्ल्ड वाइड इन्टरटेन्मेन्टद्वारा आयोजित राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९ बाट नायिका ममता प्रधान सम्मानित भएकी छन् ।


ADVERTISEMENT


इभरग्रीन वर्ल्ड वाइड इन्टरटेन्मेन्ट स्थापनाको दशौं वर्ष प्रवेशका अवसरमा राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९ आयोजना गरिएको थियो । सोही कार्यक्रममा नायिका प्रधान सम्मानित भएकी हुन् ।


ADVERTISEMENT

# # #


भाद्र ३१ गते चलचित्र विकास बोर्ड काठमाडौंमा  सम्मानित भएपछि नायिका प्रधानले भनिन् ‘यो सम्मान मेरा लागि अति नै सुखद् क्षण हो । नेपाली चलचित्रकर्मी निर शाहको हातबाट इभरग्रीन वर्ल्ड वाइड इन्टरटेन्मेन्टले दिएको सम्मानबाट खुशी छु । अरु पनि सम्मानित हुनेहरुलाई बधाई।’

समारोहमा प्रमुख अतिथी  चलचित्रकर्मी प्राज्ञ  निर शाह , समारोहका बिशिष्ट अतिथीहरु,  चलचित्र बिकास बोर्डका अध्यक्ष  भुवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष  रबिन्द्र खड्का, चलचित्र निर्माता संघका नवनिर्वाचित अध्यक्ष  नवल खड्का, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता  मोहन निरौला, नृत्य निर्देशक  राजु शाह, नायक  धिरेन शाक्य र आयोजक समिति तथा संस्थाका अध्यक्ष  गोपाल ढकाल (छन्दे ) को उपस्थिति थियो ।

यसैगरी सो समारोहमा अन्य धेरै कलाकारहरु एवम् सम्मानित कलाकारहरु उपस्थित थिए ।