काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनमत पार्टीले सिरहामा विरोध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कसहामा प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प गरेको जनमत युवा संघका सिरहा जिल्ला अध्यक्ष पवन यादवले जानकारी दिए ।

यादवका अनुसार बिहान साढे ७ बजेदेखि ८ बजेसम्म चक्काजाम गरिएको थियो । सवारीसाधन आवागम ठप्प भएपछि प्रहरीले हस्तक्षेप गरेर राजमार्ग खुलाएको थियो ।

जनमत पार्टीका अध्यक्ष डा सिके राउत सिरहाको औरही गाउँपालिकामा पार्टी प्रवेश तथा सभा सम्बोधन गर्न आज दिउँसो आउँदैछन् । उनको निर्देशनपछि आन्दोलनबारे थप कार्यक्रम घोषणा हुनसक्ने यादवले बताए ।