काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मंगलबार रातिबाट निष्क्रिय भइसकेको छ ।


ADVERTISEMENT


यही सन्दर्भमा सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै पौडेलले भनेका छन्, ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको प्रमाणीकरण गर्न संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ।’


ADVERTISEMENT

# # #


बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार रहेको उनको भनाइ छ । ‘म यसको भर्त्सना गर्दछु,’ पौडेलले भनेका छन् ।