काठमाडौं – भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । ५८ वर्षीय श्रीवास्तवको एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
राजु लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । हृदयघात भएपछि उनलाई उक्त अस्पताल लगिएको थियो । उनी विगत ४२ दिनदेखि एम्स अस्पतालमा उपचाररत थिए ।
अगस्ट १० मा जिम गर्ने क्रममा उनलाई हृदयघात भएको थियो । त्यसपछि उनलाई दिल्लीको एम्समा भर्ना गरिएको थियो । उपचारको क्रममा राजुको अवस्था स्थिर भए पनि पछि झन् बिग्रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक महिनाभन्दा बढी भेन्टिलेटरमा बसेका हास्यकलाकारको आज निधन भएको हो ।