काठमाडौं – रुसले आगामी सन् २०२४ मा हुने युरोकप छनोट खेल्न नपाउने भएको छ । गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेसँगै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युइएफएले रूसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको थियो । त्यसयता रूस र रुसी क्लबहरू फिफा र युइएफएको प्रतिबन्धमा छन् ।


ADVERTISEMENT


‘रुसलाई युरोपियन फुटबल च्याम्पियनशिप २०२२–२४ को छनोट ‘ड्र’ मा समावेश नगरिएको युइएफएले विज्ञप्तिमा भनेको छ । रूसले यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा समेत प्रतिबन्ध गरिएको छ ।


ADVERTISEMENT

# # #


आगामी वर्ष जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि ‘ड्र’ अक्टोबर ९ मा फ्रान्कफर्टमा सार्वजनिक हुँदैछ ।

यससँगै रूसले सन् २०२२ देखि २०२४ सम्म हुने युरोकपको छनोट चरणमा सहभागी हुन नपाउने भएको छ । छनोट ड्रमा ५३ राष्ट्रले सहभागिता जनाउनेछन् ।

विभिन्न १० समूहमा विभाजित टोलीका समूह विजेता र उपविजेताले युरोकप खेल्नेछन् । बाँकी ४ टोलीमध्ये ३ वटा टोली प्लेअफबाट आउनेछन् भने आयोजकको हिसामा जर्मनी स्वतः छनोट भइसकेको छ ।