काठमाडौँ – नेकपा एमाले निकट अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमप्रति समर्थन जनाउदै प्रदर्शन गरेको छ ।
बुधबार काठमाडौंको घण्टारघरस्थीत त्रिचन्द क्याम्पस अगाडी अगाडी उनीहरुले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण गरेर उचित कदम चालेको भन्दै समर्थन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘सम्मानीय राष्ट्रपतिलाई हाम्रो सम्मान छ’, ‘राष्ट्रपतिको कदमलाई जनताले सम्मान गरिरहनेछन्’, ‘नागरिकता बेच्न पाइदैन’ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए भने नागरिकता विधेयक समेत जलाएका थिए ।
दोस्रो पटक राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नभएपछि यसको पक्ष र विपक्षमा बहस देखिएको छ ।