काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदम विरुद्ध कानूनी उपाय खोजिने बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसंग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उलंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानूनी उपाय खोजिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


कानूनी उपाय खोज्ने बारेमा गठबन्धनमा छलफल भइरहेको पनि उनले बताए । उनले राष्ट्रपतिले अहिले संविधान नै उलंघन गरेका कारण भविष्यमा पनि कानुन उलंघन गर्ने संभावना देखिएको तर्क गरे । अध्यक्ष नेपालले नागरिकता विधेयकका विषयमा अध्यादेशमा जान नहुने धारणा पनि राखे ।

त्यसअघि कार्यक्रममा अध्यक्ष नेपालले सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको बताए । उनले कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको समेत जिकिर गरे । अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा सवैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

त्यस्तै उनले सिट बाँडफाँटमा सहमतिको अन्तिम प्रयास जारी रहेको धारणा राखे ।