काठमाडौं – जिहादी लडाकु समूह बोको हरामले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादी समूह बोको हरामलेले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् ।


ADVERTISEMENT


टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्थानीयले बताएका छन् । अगस्टको अन्त्यमा लडाकुले स्थानीयलाई टापु छोड्न आदेश दिएका र पालना नगर्नेको हत्या गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै लडाकुले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवारेहरूको हत्या गरेका थिए । नाइजेरिया वर्षौदेखि जिहादीको चपेटामा परेको छ ।