काठमाडौं – काठमाडौंको कपन लसुनटारस्थित साढे ३ तले घरमा आगलागीमा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ । ट्रेकिङ्ग कम्पनीको कार्यालय रहेको घरमा ग्यास र अक्सिजन सिलिन्डरहरु बिस्फोट हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । र एक जना घाइतेको उपचार भइरहेको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा ताप्लेजुङ घर भई लसुनटार बस्ने २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभा घर भई सकेधारा बस्ने ३२ वर्षीय अशोक राई र रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् । आगलागीमा परि घाइते भएका २८ वर्षीय कुशल बुढाथोकीको अवस्था दायाँ हात दुबै खुट्टा र अनुहारको दायाँ भागमा जलेको छ । उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


अक्सिजन सिलिन्डरहरु बिस्फोटभएपछि आगो फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।आगलागीबाट एक घर पूर्णरुपमा क्षति हुनुका साथै नजिकका घरहरुमा समेत आंशिक क्षति पुगेको छ ।

बेलुका ७ बजेदेखि लागेको आगो अग्नि नियन्त्रक, उद्दारकर्मीहरु र स्थानीय ब्यक्तिहरुसमेतको प्रयासबाट केही घाइतेको उद्धार गरी १० बजे आगलागी नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि बौद्ध रामहिटीबाट १, काठमाण्डौ महानगरपालिकाबाट (जुद्द बारुण यन्त्र)२, ललितपुर महानगरपालीकाबाट १, भक्तपुर नगरपालिकाबाट१, नेपाली सेनाबाट १, नेपाल प्रहरीबाट १, सशस्त्र प्रहरी बल नेपालबाट १ र त्रिभुवन बिमानस्थलबाट १ सहित ९ वटा दमकल र १० वटा पानी ट्याङकरहरू परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्‍ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, नगर प्रहरी, बृत्त गौशाला र बौद्धबाट प्रहरी नायव उपरीक्षक, प्रभाग कपन, बुढानीलकण्ठ, बिपत ब्यवस्थापन महाशाखाबाट प्रहरी निरीक्षकसहित९२७ जना र ट्राफिक प्रहरी समेत गरी २०० जना प्रहरी टोली परिचालन गरिएको थियो।

त्यस्तै गरी नेपाली सेना भवानीदल गण, बिपद गण र युद्ध भैरव गणबाट ७० जना, सशस्त्र प्रहरी बल नेपालबाट ३० जना सुरक्षाकर्मीहरु परिचालित भएको थियो ।