काठमाडौं –  समृद्धि फाइनान्सले आफ्नो आठौँ शाखाका रुपमा जनकपुरमा शाखा विस्तार गरेको छ । शाखा विस्तारलाई तीब्रता दिँदै आइरहेको समृद्धिले बुधबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी शाखाको उद्घाटन गरेको हो ।


ADVERTISEMENT


शाखाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिका रुपमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकाश मन्त्रि  राम सरोज यादवको उपस्थिति रहेको थियो । प्रमुख अतिथि मन्त्रि यादवले   बुधबार जनकपुर शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त उद्घाटन कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेल सहित विभिन्न  व्यक्तित्वको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबार सम्बन्धि जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै फाइनान्सका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले भने, ‘अब समृद्धि फाईनान्सको ८ वटै शाखा कार्यालयहरुबाट औपचारिक रुपमा कारोबार संचालन भएको छ ।’

समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले नेपाल राष्ट्र बैंकबाट ग वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त गरी  छिटो, सरल र सहज तरिकाले  बैंकिङ सेवाहरु दिँदै  आएको छ ।