काठमाडौँ – पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र काठमाडौँ क्षेत्र नं. ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्माओलीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा खनाल र मियाँसँगै अन्य दलका नेता तथा कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेशगर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमालेको लक्ष्य समृद्ध नेपाल सुखि नेपाली भएको र आगामी निर्वाचनका लागि घोषणापत्रलाई देश र जनताको चाहना अनुसार बनाउन सबैपक्षसंग छलफल समेत चलाएको जनाए ।


ADVERTISEMENT

# # #


यस्तै प्रवेश गरेपछि बोल्दै खनालले पछिल्ला सात जना प्रधानमन्त्रीमा केपी ओली जस्तो राजनेता कोही नभेट्टाएको बताए । उनले एमालेले राष्ट्रका लागि गरेको कामलाई देखेर आफु पनि एमाले प्रवेश गरेको जनाए ।