काठमाडौँ – काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेको अनधिकृत संरचना हटाएको छ ।


ADVERTISEMENT


बिहीबार डोजर लगाएर महानगरले अस्पताल अगाडी फार्मेसी रहेका टहराहरुलाई हटाएको हो । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन सूचना जारी गरेको महानगरले जनाएको छ ।


ADVERTISEMENT

# # #


अस्पताल प्रशासनले औषधि पसल हटाउन जानकारी गराएको र महानगरले समेत सूचना जारी गर्दा पनि पसलहरु सञ्चालनमा रहेपछि डोजर लगाएर संरचना नै भत्काउनु परेको काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डले जानकारी दिए ।

वीर अस्पतालले बनाएको नयाँ भवनका बाहिरी भागमा बगैंचा राख्ने अनुमति लिएर नक्सा पास गरेकाले संरचना हटाइएको उनले बताए । महानगरले संरचना हटाउन सुरु गरेपछि व्यापारीहरुले सामानहरु निकालेका थिए ।