काठमाडौँ – नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार १ सय ९० पीसीआर परीक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १ सय ३७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ४ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।