काठमाडौँ – नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोेच्च अदालतमा रिट दायर भएका छन् ।


ADVERTISEMENT


अधिवक्ता तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका निवर्तमान सदस्य सुनीलरन्जन सिंह, अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अविनेश अधिकारीले बिहीबार सर्वोच्चमा फरक फरक रिट दायर गरेका हुन् ।


ADVERTISEMENT

# # #


रिट दायरकर्ताले राष्ट्रपतिले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा ११३ (४)बमोजिम संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति कार्यालयका नाममा परमादेशको आदेश माग गरेका छन् ।

संघीय संसदको दुबै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले १५ दिनसम्म राखेर साउन २९ गते पुनर्विचार गर्न भन्दै सुझावसहित संसदलाई फिर्ता गरेकी थिइन् । तर, संसदले विधेयक जस्ताकोत्यस्तै पारित गरेर प्रमाणीकराणका लागि पठाएको थियो ।

तर, राष्ट्रपतिले पुनः १५ दिन थन्क्याएर असाज ४ गते विधेयकलाई प्रमाणीकरण नगर्ने निष्कर्ष निकालेकी थिइन् । उनको उक्त कदमको चौतर्फी आलोचना र समर्थन भइरहेको छ ।