काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ८३ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलव ९६ मा सीमित भएको छ ।


ADVERTISEMENT


यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४५ अङ्कले ओरालो लागेर तीन सय ५९ दशमलव ४३ मा सीमित भएको छ । कूल दुई सय २९ कम्पनीको २५ लाख ४२ हजार आठ सय ९९ कित्ता शेयर रु ६५ करोड ५७ लाख पाँच हजार एक सय ६९ मूल्यमा खरिद बिक्री भए ।


ADVERTISEMENT

# # #


नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ४२ अर्ब २७ करोड ६० लाख ७२ हजार नौ सय ६६ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज नबिल बैंक शीर्षस्थानमा छ । सो बैंकको रु दुई करोड ५८ लाख ६८ हजार सात सय ६१ बराबरको कारोबार भयो । बोटलर्स नेपाल तराई रु दुई करोड ४१ लाख ४९ हजार छ सय ४४, अपिपावर कम्पनी रु एक करोड ६१ लाख ४३ हजार तीन सय १८, रिडी हाइड्रोपावर रु एक करोड ५७ लाख ९६ हजार तीन सय ९८ र अरुण काबेली पावर रु एक करोड ५३ लाख २५ हजार एक सय ३२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

बिहीबारको कारोबारमा सामालिङ पावर नौ दशमलव ९८, लक्ष्मी इक्विटी फण्ड चार दशमलव ४२, लक्ष्मी उन्नति कोष तीन दशमलव ९०, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो तीन दशमलव ८८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ८७ प्रतिशतले कमाएका छन् ।

यस्तै, प्रभु बैंकको ऋणपत्र नौ दशमलव ९३, गरिमा विकास बैंकको ऋणपत्र नौ दशमलव ९०, सेञ्चुरी बैंकको ऋणपत्र पाँच दशमलव ८६, विन्दबासिनी हाइड्रोपावर पाँच दशमलव २६ र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।