काठमाडौं–  प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकमा पनि १ नम्बर प्रदेशमा एमालेको अग्रता छ ।


ADVERTISEMENT


१२ लाख ३३ हजार मतगणना हुँदा एमालेले सबैभन्दा धेरै ४ लाख ७९ हजार मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख २९ हजार मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादीलाई १ लाख ५५ हजार मत खसेको छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा र प्रदेशसभातर्फ २ नम्बर प्रदेशबाट बढारिएको नेपाली कांग्रेस समानुपातिकतर्फ भने अगाडि छ ।  ७ लाख ५ हजार मतगणना गर्दा कांग्रेसले अन्य दललाई पछि पारेको हो । कांग्रेसका पक्षमा १ लाख र ८६ हजार मत खसेको छ । दोस्रो स्थानमा रहेको राजपाले १ लाख ३८ हजार मत पाएको छ ।  तेस्रो स्थानमा रहेको संघीय समाजबाली फोरमका पक्षमा १ लाख २९ हजार मत खसेको छ । चौथो स्थानमा रहेको एमालेलाई १ लाख १४ हजार मत परेको छ ।

पाँचौँ स्थानमा रहेको माओवादी केन्द्रले ७५ हजार मत पाएको छ ।  ३ नम्बर प्रदेशमा एमाले अगाडि छ । ११ लाख ८ हजार मत गाणना गर्दा एमालेको पक्षमा ३ लाख ९८ हजार मत खसेको छ ।  दोस्रो स्थानमा कांग्रेस छ । उसले ३ लाख २६ हजार मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ८८ हजार मत पाएको छ । विवेकशील साझा चौथो स्थानमा छ । उसले ७६ हजार मत पाएको छ ।

प्रदेश नम्बर ४ मा पनि एमाले नै अगाडि छ । ७ लाख ९६ हजार मत गणना गर्दा एमालेलाई ३ लाख १ हजार मत खसेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसका पक्षमा २ लाख ९८ हजार मत परेको छ । तेस्रो स्थामा रहेको माओवादी केन्द्रलाई १ लाख ६ हजार मत खसेको छ ।

प्रदेश नम्बर ५ मा पनि एमालेले अरु दललाई पछि पारेको छ । ११ लाख ८६ हजार मत गणना हुँदा एमालेले ४ लाख ८ हजार मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका पक्षमा ३ लाख ९२ हजार मत खसेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख ६४ हजार मत प्राप्त गरेको छ ।

प्रदेश नम्बर ६ मा पनि अरु दललाई पछि पार्दै एमाले नै अगाडि छ । ३ लाख ५ हजार मत गणना हुँदा एमालेले १ लाख २ हजार मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस छ । उसका पक्षमा ९७ हजार मत खसेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ७९ हजार मत पाएको छ ।

प्रदेश नम्बर ७ मा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । ३ लाख ६९ हजार मत गणना हुँदासम्म नेपाली कांग्रेसले १ लाख १५ हजार मत पाएको छ । दोस्रो स्थानमा रहेको एमालेले १ लाख ३७ हजार मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादीले ६३ हजार मत पाएको छ ।