काठमाडौँ – आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँट भइरहेका बेला नेपाली काँग्रेको संस्थापन इतर समूह छलफलमा जुटेको छ ।


ADVERTISEMENT


पार्टी सभापति शेरबहादुर देउवापिवरुद्ध वरिष्ठ नेता डा. शेखर कोइराला समूहले छुट्टै भेला आयोजना गरेको हो । भेलामा कोइराला निकट खासगरी संस्थापन पक्षमा नरहेका काँग्रेसका केन्द्रीय पदाधिकारी, केन्दीय सदस्य, प्रदेश तथा जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरु रहेका छन् ।


ADVERTISEMENT

# # #


निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवार चयनमा देउवाले एकलौटी भन्दै कोइराला पक्षले असन्तुष्टी जनाइरहेको छ । प्रत्यक्ष तर्फका उम्मेदवार चयनमा पनि सम्मानजनक सिट संख्या नपाए पार्टिभित्र विद्रोह गर्ने कोइराला पक्षले चेतावनी दिँदै आएको छ ।

कोइराला पक्षले निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ६०-४०को आधारमा भागबण्डा हुनुपर्ने माग राखेको छ । गठबन्धनबाट काँग्रेसले पाउने जम्मा सिटमध्ये ४० प्रतिशत सिट आफूले पाउनुपर्ने उनीहरुको तर्क छ । यता निर्वाचनपछिको प्रधानमन्त्रीको दाबेदार समेत रहेका सभापति देउवा भने जतिसक्दो बढी संख्या आफूसँग राखेर निर्वाचनपछिको समिकरण पनि आफ्नो पक्षमा पार्ने दाउमा रहेका छन् ।