काठमाडौँ – अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन “मेरो डिजिटल देश” अभियान ल्याएको छ । एफ वन सफ्ट टावर पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न प्रेस कन्फेरेन्स मार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानलाई सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


यो अभियान असोज ७, २०७९ बाट सुरु भएर फाल्गुन ६, २०७९ सम्म जारि रहने, कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोवारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो । साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि ६ महिने यस योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


“मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहनु भएका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाख भन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नुहुनेछ। साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोही ले पनि सहभागिता जनाउन सक्नेछन्।

यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिना सम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्नेछन् ।

अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै इसेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले आर्थिक विकास बिना कुनैपनि राष्ट्र समुन्नत बन्न सक्दैन र आर्थिक विकासका लागि देश भित्र र बाहिर रहेका सवै नेपालीको योगदान उत्तिकै महत्वपुर्ण रहेको र अझ रेमिट्यान्स नेपाली अर्थतन्त्रकै महत्त्वपूर्ण हिस्सा रहेको हुनाले विदेशबाट पैसा पठाउने नेपालीको देश विकासमा भूमिका अतुलनिय हुने बताए ।

मेरो डिजिटल देश अभियानमा महानायक राजेस हमाल समेत जोडिएका छन् । उनी यस अभियानसँग जोडिएर इसेवा मनी ट्रान्सफरसंगै देश तथा विदेशमा गइ डिजिटल रेमिट्यान्स सम्बन्धि जागरुकता जनाउने कार्यक्रममा सहभागिता जनानेछन् । साथै, चर्चित अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवर्दनात्मक विभिन्न कार्यक्रममा संलग्नता रहने कम्पनीले जनाएको छ ।

यस्तै, अभियान बारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाल विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागि हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।