काठमाडौँ – ऊर्जामन्त्री पम्फा भुसालले उत्पादन, वितरण र विद्युत व्यापारमा मुलुक नयाँ चरणमा प्रवेश गरेको बताएकी छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११ औं एकता अधिवेशन उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतको उत्पादनका साथै सहज वितरण र आफ्नै कार्यकालमा सुरु भएको विद्युत व्यापार मुलुकको नयाँ कोशेढुंगा सावित हुने बताइन् ।


ADVERTISEMENT

# # #


नेपाली जनताले खपत गरेर बढी भएको विद्युतलाई मात्रै भारत लगाएत बंगलादेशलाई वितरण गरिने उनको भनाई छ । उनले उपयुक्त ठाँउमा उपयुक्त क्षमताको प्रदर्शन कर्मचारीहरुले देखाएका कारण प्राधिकरण सफलताको बाटोमा अघि बढेको धारणा राखिन् । मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको उनले बताइन् ।

मन्त्री भुसालले बंगलादेशको संयुक्त लगानीमा सुनकोसी ३ अघि बढने, अपर कर्णाली र दुधकोशी लगाएतका आयोजनाहरु अघि बढ्ने चरणमा रहेको जानकारी दिइन् । १२ सय मेगावाट उत्पादन क्षमताको जलाशययुक्त बुढीगण्डकीलाई पनि अघि बढाउने गरी मन्त्रालयले काम अघि बढाएको उनले बताइन् ।