काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा युवा संघ नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा एमालेसंग पराजय हुने डरले गठबन्धनले एमालेप्रति भ्रम सिर्जना गर्न खोजेको भन्दै एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले एमालेप्रति विभिन्न माध्यमबाट अझै हमला हुन सक्ने भन्दै सचेत रहन समेत आग्रह गरे ।


ADVERTISEMENT

# # #


उनले एमालेमाथि हमला गर्नेविरुद्ध तत्काल डटेर सामना गर्न र अरिंगालजसरी जाइलाग्न युवासंघलाई निर्देशन दिए । उनले भने, ‘मैँले हाम्राविरुद्धको हमलाको डटेर सामना गर्न अरिंगालजसरी प्रचारयुद्धमा लाग्नुपर्छ भन्दा अरिंगाल लगाउनुपर्ने भन्यो भने । लगाउने नै हो । हाम्राविरुद्ध सारा सञ्चारमाध्यम लगाउन हुन्छ, उनीहरु झुसे बारुला जसरी खनिन हुन्छ, हामी अरिंगाल हुन नहुने ? अरिंगाल भएर ध्वस्त पार्नुपर्छ ।’

उनले अहिले गठबन्धन सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै त्यस्को निरुद्ध लड्न आफु तयार रहेको बताए । उनले लोकतन्त्रको पक्षमा लड्न नथाक्ने स्पष्ट पारे । उनले भने, ‘हामी तानाशाही, अधिनायकवादका विरुद्ध लडेर आएका हौँ, जेलनेल, यातना सहेर आएका हौँ । लोकतन्त्रका लागि, लोकतन्त्रको रक्षाका लागि लड्न पर्यो भने, अधिनायकवादकाविरुद्ध लड्न पर्यो भने मेरो उमेर ५० वर्षअघि जुन थियो, अहिले पनि त्यही छ । त्यही जोश निकालेर म अहिले पनि लड्न तयार छु ।’

ओलीले अहिले गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फुस्काएर सत्तालाइ मिलिजुली खाने माध्यम बनाएको धारणा राखे । चुनावपछि बन्ने एमालेको सरकारले ग्यारेन्टीका साथ मुलुकको विकास गर्ने अठोट व्यक्त गरे ।